इङ्लिस प्रिमियर लिग

युनाइटेड हारको संघारबाट जोगियो

लन्डन । इडिसन काभानीको गोलमा सोमबार म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा रेलिगेशन क्षेत्रको न्युक्यासल युनाइटेडसँग  हारको संघारबाट जोगिएको छ ।

प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा युनाइटेडले न्युक्यासलसँग १-१ को बराबरी खेलेको हो ।

सातौ मिनेटमा एलान सेन्ट म्याक्सिमिनले गरेको गोलमा न्युक्यासलले अग्रता लिएको थियो । ७१औं मिनेटमा काभानीले बललाई पोस्टको दिशा दिँदै युनाइटेडलाई खेलमा फर्काएका थिए ।

युनाइटेड १७ खेलमा २८ अंकसहित सातौ स्थानमा छ भने न्युक्यासल १९ खेलमा ११ अंक जोड्दै १९औं स्थानमा छ । युनाइटेड चौथो स्थानको आर्सनल भन्दा सात अंक पछि छ ।

 यद्धपी आर्सनलले युनाइटेड भन्दा दुई खेल बढी खेलेको छ । पाँचौ स्थानको टोटनहम हटस्परको २९ र छैटौ स्थानको वेस्ट हमको २८ अंक छ । 

युनाइटेडले बिहीबार वर्ष २०२१ को अन्तिम खेलमा घरेलु मैदान ओल्ड ट्राफोर्डमा बनर्लीलाई आतिथ्य गर्नेछ भने न्युक्यासलले सोही दिन एभर्टनको भ्रमण गर्नेछ ।