जर्मन बुन्डेसलिगा

बायर्नमा खुशी छुः लेवान्डोवस्की

बर्लिन । रोबर्ट लेवान्डोवस्कीले आफ्नो सरुवाका बारेमा चलेका हल्लाका पछि नलागेको भन्दै जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखमा अझ धेरै उपाधि जित्नेमा केन्द्रित रहेको बताएका छन् ।

लेवान्डोवकीले बायर्नबाट यस सिजन सबै खाले प्रतियोगिता गरि २५ खेलमा ३० गोल गरिसकेका छन् । लेवान्डोवस्की र बायर्नबीच सन् २०२३ सम्मको सम्झौता रहेको छ ।

‘मेरो खेल जीवनमा आजसम्म मैले जे चाहे,त्यही रोजे,’लेवान्डोवस्कीले भने, ‘म अझ धेरै वर्ष खेल्न चाहन्छु । अहिले नै मैले बायर्नपछि मेरो भविष्य काँहा हुन्छ भन्ने बारे सोचेको छैन । मेरो क्लब भविष्यका बारेमा हल्ला चलेको यो पहिलो पटक होइन । म आफ्नो खेलमा केन्द्रित छु । म बायर्नमा खुशी छु ।’

लेवान्डोवस्कीले हालै मात्र बायर्नबाट वर्ष २०२१ मा आफ्नो गोल संख्या ४३ पुर्याउँदै एकै वर्ष सबै भन्दा बढी गोल गर्ने गर्ड मुलरको कीर्तिमान तोडेका थिए । मुलरको नाममा ४२ गोलको कीर्तिमान थियो ।