काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलमा एपिएफ र न्युरोड टिम (एनआरटी) ले पहिलो हाफमा १-१ को बराबरी खेलेका छन् ।
३२औं मिनेटमा दर्शन गुरुङको गोलमा एनआरटीले अग्रता लिएको थियो । मेसुकेको क्रसमा दर्शनले हेडरमार्फत बललाई जाली चुमाएका थिए ।
तर एनआरटीले आफ्नो अग्रता लामो समय भने जोगाउन सकेन । त्यसको पाँच मिनेटपछि नै आशिष लामाले एपिएफलाई खेलमा फर्काए ।
जारी लिगमा आशिषको यो चौथो गोल हो ।
पाँच खेलमा पाँच अंक जोडेको एनआरटी तालिकाको सातौं स्थानमा छ भने समान खेलमा चार अंक बटुलेको एपिएफ ११औं स्थानमा छ ।