साफ यु १९ महिला च्याम्पियनसिप

भुटानमाथि सहज जितको लक्ष्यमा नेपाल

काठमाडौं । साफ यु १९ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानको समना गर्दैछ । 

पहिलो  खेलमा आयोजक बंगलादेशसँग गोलसहित बराबरी खेल्दै प्रतियोगितामा आफ्नो यात्रा सुरु गरेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ६-० को रवाफिलो जित हात पारेको थियो ।

पहिलो खेलमा श्रीलंकालाई ५-० ले हराएको भुटान त्यसपछिका खेलमा भने क्रमश बंगलादेशसँग ६-० र भारतसँग ३-० ले पराजित भएको थियो ।

दई खेलमा एक बराबरी र एक जितको नतिजा पछि नेपाल तेस्रो स्थानमा छ । समान दुई खेलमा सतप्रतिशत नतिजासहित भारत शीर्ष स्थानमा छ भने दोस्रो स्थानको बंगलादेशको पनि दुई खेलमा चार अंक छ । चौथो स्थानको भुटानको तीन खेलमा तीन अंक छ भने पाँचौ स्थानको श्रीलंकाले तीन खेलमा अंक खाता खोल्न सकेको छैन ।

प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछ । त्यसैले नेपाल भुटानविरुद्ध पनि जित यात्राको निरन्तरतासहित शीर्षताको होड जीवित राख्न चाहन्छ ।

शुक्रबार नै हुने पहिलो खेलमा शीर्ष स्थानको भारत र दोस्रो स्थानको बंगलादेश आमने समाने हुँदैछ । सो खेलको नतिजापछि पनि नेपालको शीर्ष दुईको सम्भावना थप प्रस्ट पार्नेछ ।