इङ्लिस प्रिमियर लिग

टोली स्वभाविक लयमा फर्कन सकिरहेको छैनः आर्सनल प्रशिक्षक अर्टेटा

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका प्रशिक्षक माइकल अर्टेटाले राम्रो प्रदर्शन गर्दा गर्दै पनि म्यानचेस्टर युनाइटेडसँग हार व्यहोरेकाले निराश भएको बताए ।

बिहीबार राति प्रिमियर लिगमा आर्सनल म्यानचेष्टर युनाइटेडसँग ३-२ ले पराजित भएको थियो । आर्सनलविरुद्ध दुई गोल गरेका युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलजीवनको आठ सयौ गोल पूरा गरेका थिए ।

‘ओल्ड ट्राफोर्डमा तीन गोल खाएपछि खेलमा फर्कन गाह्रो हुन्छ,’ उनले भने, ‘खेलमा केही राम्रा समयहरु थिए तर पनि आफ्नै गल्तीमा गोल खान पुग्यौ त्यसबाट म निराश छु ।’

‘लिभरपुलसँग ४–० ले पराजित भए यता लामो समय हामी राम्रो लयमा थियौ, अर्टेटाले थपे, तर पछिल्लो समय टोलीले स्वभाविक लय भेट्टाउन सकिरहेको छैन ।

प्रिमियर लिगमा युनाइटेडसँग आर्सनलको यो २५औं हार हो ।