इन्टर मिलान

एरिक्सनको भविष्य बारे उपयुक्त समय आएको छैनः मार्टिन

रोम । इटालियन सिरी ‘ए’ को क्लब इन्टर मिलानका मिडफिल्डर क्रिस्टियन एरिक्सनका एजेन्ट मार्टिन स्कुटसले उनको भविष्यबारे कुरा गर्ने उपयुक्त समय आइनसकेकाे बताएका छन् ।

सन् २०२० काे जुलाईमा सम्पन्न युरोपियन च्याम्पियनसिपका दौरान ह्रदयघातका कारण मैदानमै लडेपछि डेनमार्कका २९ वर्षिय एरिक्सन हालसम्म मैदान उत्रिएका छैनन् ।

‘एरिक्सन कस्तो अवस्थाबाट गुर्जिएका थिए सबैलाई थाहा छ । अहिले उनी पुनः फिट हुने कार्यमा व्यस्त छन्,’  मार्टिनले भने, ‘एरिक्सन आशावादी र सकारात्मक छन् । अहिले उनको भविष्यबारे कुरा गर्ने उपयुक्त समय होइन । समय आएपछि यसबारे एरिक्सन आफैले निर्णय लिनेछन् ।’

सन् २०२० को जनवरीमा टोटनहमबाट इन्टर मिलान अनुवन्धित भएका एरिक्सनले २५ खेल खेलेका छन् ।