बालन डी अर

बालन डी अरका लागि मेसीभन्दा लेवान्डाेवस्की याेग्य थिएः थाेमस मुलर

बर्लिन । थोमस मुलरले यस पटकको बालन डी अर को असली हकदार रोबर्ट लेबान्डोवस्की भए पनि अर्जेन्टिनी कप्तान लियोनल मेसीले जित्दा आफू निराश भएको बताएका छन् ।

मेसीले सोमबार बायर्न म्युनिखका पोलिस स्ट्राइकर लेवान्डोवस्कीलाई पछि पार्दै सात पटक बालन डी अर जित्ने एक्लो खेलाडी बनेका थिए ।

लेवान्डोवस्की दोस्रो स्थानमै सीमित हुँदा चेल्सीका इटालियन मिड्फिल्डर जोर्जिन्हो तेस्रो, रियाल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा चौथो र एनगोलो कान्टे पाँचौं भए ।

यसै सिजन बार्सिलानाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) मा गएका मेसीले फ्रेन्च लिग वानको सात खेलमा मात्र एक गोल गरेका छन् । लेवान्डोवस्कीले भने यस सिजन बायर्नबाट सबै खाले प्रतियोगिता गरि २० खेलमा २५ गोल गरिसकेका छन् ।

गत सिजन लेवान्डोवस्कीले जर्मन बुन्डेसलिगामा २९ लिग खेलमा ४१ गोल गर्र्दै गड मुलरको ४९ वर्षको बुन्डेसलिगाको एकै सिजनको सर्वाधिक गोलको कीर्तिमान तोडेका थिए ।

कोभिड १९ महामारीका कारण बालन डी अर २०२० हुन सकेन, जहाँ लेवान्डोवस्कीलाई अवार्डको मुख्य दाबेदारको रुपमा हेरिएको थियो । मुलरले यस वर्ष पनि लेवान्डोवस्की अवार्डको लागि योग्य भएपनि उनी उपविजेतामा सीमित हुँदा अचम्मित भएको बताए ।

‘सोमबार सम्पन्न बालन डी अर अवार्डबाट म निराश भएको छु, लेवान्डोवस्की यस पटकको प्रमुख दाबेदार थिए तर उनी उपविजेतामा सीमित भए । यो सन् २०१३ मा फ्रयान्क रिबेरीको जस्तै थियो,’ मुलरले भने, ‘मेसीको सम्बन्धमा, सम्भवत उनी विश्व फुटबलले पाएको सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । मेरो विचारमा यसपटक लेवान्डोवस्की बालन डी अरको योग्य रहे पनि मेसी बधाई ।’