सहिद स्मारक लिग

पहिलो हाफमा सातदोबाटो र फ्रेन्ड्स बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो पटक फ्लड लाइटमा भईरहेको खेलको ३४औं मिनेटमा सुशिल राईको फ्रिकिकमा आकाश बुढामगरले गरेको हेड पोस्टको नजिकबाट बाहिरिएपछि सातदोबाटोले अग्रता लिने सुनौलो मौका खेर फाल्यो ।