इङ्लिस प्रिमियर लिग

डियाजलाई अनुबन्धन गर्न लिभरपुल र चेल्सीको दौड

लन्डन । एफसी पोर्टोका स्ट्राइकर लुइस डियाजलाई भित्राउन लिभरपुल र चेल्सीजस्ता युरोपका चर्चित क्लब पछि लाग्नु सामान्य भएको उनका एजेन्ट कार्लोस भान स्ट्राहलेनले बताएका छन् ।

सन् २०१९ मा कोलम्बिाको एट्लेटिको जुनियर एफसीबाट पोर्टोमा अनुवन्धित भएयता डियाजले पोर्चुगिज लिगमा २१ गोल गरेका छन् भने नौ गोलका लागि असिस्ट गरेका छन् ।

केही संचारमाध्यमले कोलम्बिय स्ट्राइकर डियाजलाई भित्राउन  लिभरपुल र चेल्सीले चासो देखाएको सार्वजनिक गरेका थिए ।

‘यदी कुनै खेलाडीले राम्रो प्रदर्शन गर्छ । च्याम्पियन्स लिगमा गोल गर्छ । उसको प्रदर्शनले उ उत्कृष्ट लयमा रहेको देखाउँछ भने युरोपका ठुला क्लब उसलाई भित्राउने दौडमा आउनु सामान्य हो, भान स्ट्राहलेनले भने ।’

डियाजले यस सिजन पोर्चुगिज लिगमा नौ गोल गरिसकेका छन् ।