सहिद स्मारक लिग

सातदाेबाटाे र फ्रेन्ड्सले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबलाई गोलरहित बराबरीमा रोकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले गोलका केही अवसरहरु पाए पनि त्यसलाई सदुपयोगन गर्न नसक्दा अंक बाढे ।

३४औं मिनेटमा सुशिल राईको फ्रिकिकमा आकाश बुढामगरले गरेको हेड पोस्टको नजिकैबाट बाहिरिएपछि सातदोबाटोले अग्रताको सुनौलो मौका गुमाएको थियो ।

५८औं मिनेटमा जामौल एन्थोनी फ्रान्सिओसको प्रहार पोस्टमा लागेर फर्किदाँ फ्रेन्डसले अग्रता लिने अवसर गुमाएको थियो ।

६०औं मिनेटमा फ्रेन्ड्सका गार्सियाको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाएका थिए ।