विराट गोल्डकप

विराट गोल्डकपः एनआरटीलाई हराउँदै सिक्किम ड्रागन सेमिफाइनलमा

एनआरटी

विराटनगर । अतिरिक्त समयमा न्युरोड टिम (एनआरटी)लाई २-१ ले पराजित गर्दै भारतको सिक्किम ड्रागन फुटबल क्लब आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा आइतबार निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

सिक्किमलाई जित दिलाउन ह्यारिसन र आर्दश तामाङले गोल गरे । एनआरटीका लागि शिशीर लेखीले गोल गरे ।

 सिक्किमले फाइनल प्रवेशको लागि मंगबलार हुने मच्छिन्द्र एफसी साथर्न समिति एफसी कोलकाताको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको ४०औं मिनेटमा शिशीरको गोलमार्फत एनआरटीले अग्रता लियो । शिशीरले अफिज ओलावालेको पासलाई सदुपयोग गरे ।

ह्यारिसनले ५९औं मिनेटमा सिक्किमलाई बराबरीमा ल्याए । लाक्पा शेर्पाले मध्यभागबाट निकालेको पासलाई ह्यारीसनले पोस्टको दिशा दिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिम्त समयमा धकेलिएको थियो । ११९औं मिनेटमा आदर्शले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै सिक्किमलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाए ।

एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएको थियो । सिक्किमले सीधै क्वार्टरफाइनल खेलेको हो ।