इङ्लिस प्रिमियर लिग

पुनरागमन जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं । ब्राइटनमाथि २ १ को पुनरागमन जित हासिल गर्दै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

घरेलु मैदान एनफिल्डमा आइतबार लिभरपुललाई जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले गोल गरे । ब्राइटनका लागि ड्यानी वेलबेकले गोल गरे ।

जितसँगै लिभरपुलले २९ खेलबाट ६७ अंक जोडेको छ। पराजित ब्राइटन समान खेलबाट ४२ अंकका साथ नवौं स्थानमा छ ।

खेलको दोस्रो मिनेटमै वेलबेकको गोलबाट ब्राइटनले लिएको थियो ।  तर ब्राइटनले जोगाउन सकेन ।  डियाजले २७औँ मिनेटमा गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।

सलाहले ६५औँ मिनेटमा लिभरपुललाई २ १ ले अगाडि बढाए । त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा लिभरपुलले रोमाञ्चक पुनरागम जित निकाल्यो ।