राष्ट्रिय खेलकुद परिषद्

१०औं राष्ट्रिय र प्रथम पारा राष्ट्रिय खेलकुदको मिति तोक्न अनुरोध

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्( राखेप) ले १०औं  राष्ट्रिय र प्रथम पारा राष्ट्रिय खेलकुदको मिति युवा तथा खेलकुद मन्त्रालयसमक्ष अनुरोध गरेको छ ।

राखेपले राष्ट्रिय खेलकुदको १०औं संस्करण विसं २०८१  मंसीर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्न मिति तोक्न नेपाल सरकार समक्ष नियमानुसार आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि मन्त्रालयलाई अनुरोध गरेको छ ।

यसैगरी राखेपले प्रथम राष्ट्रिय पारा खेलकुद विसं २०८१  मंसीर १८ देखि २१ गतेसम्म कर्णाली प्रदेशमै आयोजना गर्नका लागि प्रस्ताव गरेको छ ।

वृहत राष्ट्रिय खेलकुदको नवौं संस्करण विसं २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको थियो ।