अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल

जर्मनीको पुनरागमन जित

काठमाडौं । घरेलु टोली जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेदरल्यान्ड्समाथि २-१ को पुनरागमान जित निकालेको छ ।

ड्यूश बैंक पार्क रंगशालामा जर्मनीलाई जित दिलाउन म्याक्सिमिलियन मिटलस्टेड र निकलस फुल्क्रगले गोल गरे ।  नेदरल्यान्ड्सका लागि जोए भिरमानले गोल गरे । 

खेलको चौथो मिनेटमै भिरमानको गोलमार्फत डच टोलीले अग्रता लिएको थियो । म्याक्सिमिलियन मिटलस्टेडको गल्तीको फाइदा उडाउँदै मेम्फिस डिपाएले दिएको क्रसमा भिरमानले सहजै गोल गरे ।

मिटलस्टेडले ११औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले जमल मुसिएलाको पासलाई सदुपयोग गरे ।

७३औं मिनेटमा काई हाभर्टजको स्थानमा मैदान छिरेका  फुल्क्रगल ८५औं मिनेटमा गोल गर्दै जर्मनीलाई २ १ को पूनरागमन जित दिलाए ।

करिब तीन वर्षपछि संन्यास फिर्ता लिदै राष्ट्रिय टोलीमा मिडफिल्डर टोनी क्रुसले  दुवै गोलका लागि अवसर सिर्जना गरे ।