विराट गोल्डकप

विराट गोल्डकपको उद्घाटन खेलमा नेपाल पुलिस र रोयल थिम्पु एफसी भिड्ने

विराटनगर । १८औं विराट गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । चैत २४ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् ।

विराटनगरस्थित सहिद मैदानमा हुने प्रतियोगितामा मोरङ जिल्ला फुटबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, न्युरोड टिम (एनआरटी), मछिन्द्र फुटबल क्लब, रोयल थिम्पु क्लब, नेपाल एपिएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिती एफसी खेल्दै छन् ।  

प्रतियोगिताको उद्घाटन खेल बुधबार नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच हुनेछ ।

रात्रिकालीन प्रतियोगिताका लागि चारवटा फ्लड लाइटको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको थियो ।