नेपाली फुटबल

धादिङ जिल्ला फुटबल रेफ्री संघको अध्यक्षमा बिडारी

उमेश बिडारीको अध्यक्षतामा अखिल नेपाल फुटबल संघ ( एन्फा) रेफ्री संघको धादिङ जिल्ला कार्यसमिति गठन भएको छ । 

साेमबार गठन गरिएकाे कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र आले मगर, महा(सचिवमा दिपक तामाङ र कोषाध्यक्षमा गणेश तामाङ छन् । यसैगरी सदस्यमा विकाश मगर ,सबिन मगर ,सुरज गुरुङ छन् ।

एन्फा रेफ्री बिडारीले सहिद स्मारक ‘ए’ डिभिजन लिग, नेपाल सुपर लिग लगायत विभिन्न मोफसलका प्रतियोगिता खेलाइसकेका छन् ।