माघ १८, २०८२ आइतबार | ११:१२:३६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

हारका बाबजुद एभरेष्ट सेमिफाइनलमा

तस्विरः सामाजीक सञ्जाल फेसबुकबाट

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भए पनि एभरेष्ट भलिबल क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महितातर्फ सेमिफाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा मंगलबार पुलिस ३-२ को सेटमा विजयी भयो ।

निकै प्रतिस्पर्धात्मक पहिलो सेट २५-२७ ले गुमाएको पुलिसले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पार्यो ।

तेस्रो सेटमा एभरेष्ट २५-१६ ले विजयी हुँदा प्रतिस्पर्धात्मक चौथो सेट २७-२५ ले आफ्नो पक्षमा पार्दै पुलिसले खेललाई पाँचौं सेटसम्म लम्बाएको थियो ।

पाँचौं तथा निर्णायक सेटमा पुलिस १५-९ ले  ले विजयी भयो ।

लगातार दोस्रो जितसँगै पुलिसले दुई खेलमा पाँच अंक जोडेको छ । पहिलो पराजय ब्यहोरेको एभरेष्टले तीन खेलमा सात अंक जोड्यो ।

अब बुधबार हुने पुलिस र त्रिभुवन आर्मी क्लबबीचको खेलले यो समूहबाट सेमिफाइनल पुग्न अर्को टोलीका साथै समूह विजेता उपिवेजाको टंगो लगाउने छ ।

मंगलबार नै सम्पन्न पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई २५-१६,२५-२३, २५-७ ले हरायो ।

यसअघि एभरेष्टले कर्णाली प्रदेशलाई २५-१२, २५-७, २५-११ तथा आर्मीलाई २४-२६, २५-१७, २५- १९, २५-२२ ले पराजित गरेको थियो । पुलिसले पनि कर्णालीलाई २५- १२, २५-६, २५-८ ले हराएको थियो ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।