इङ्लिस प्रिमियर लिग

नटिङघम माथि प्रिमियर लिगको कारबाही

काठमाडौं । फाइनान्सियल नियम उल्लघंन गरेको आरोपमा इङ्लिस प्रिमियर लिगले कारबाही स्वरुप नटिङघम फरेस्टको चार अंक घटाएको छ ।

सन् २०२३ मा लिगको प्रोफिट एन्ड सस्टेनेबिलिटी नियमविपरित क्लबले जुन ३०पछि २२ वर्षीय विंगर ब्रेनान जोन्सनलाई ६ करोड डलरमा टोटनहमलाई बेचेको थियाे। सोही विषयमा नटिङघम अनुसन्धान हुँदै आएको थियो।

कारबाहीसँगै नटिङघम रेलिगेशन क्षेत्रमा धकेलिएको छ। २९ खेलबाट ६ जित र ७ बराबरीबाट नटिङघमले २५ अंक जोडेको थियो। कारबाहीपछि  २१ अंक हुँदा क्लब १८ औं स्थानमा झरेको छ।

नटिङघम कारबाहीमा परेसँगै लुटन टाउनले भने राहत पाएको छ। २२ अंक जोडेको लुटन रेलिगेशन जोन छाड्दै १७औँ स्थानमा उक्लिएको छ।

नटिङघम यस कारबाहीविरुद्ध अपील गर्ने कि नगर्ने विचार गरिरहेको छ। यसअघि कारबाही स्वरुप एभर्टनको पनि ६ अंक घटाइएको थियो ।