अल हिलाल

डी पउल भित्र्याउने अल हिलालको चाहना

काठमाडौं । साउदी प्रो लिग क्लब अल हिलालले अर्जेन्टाइन मिडफिल्डर रोड्रिको डी पउल अनुबन्धमा इच्छा देखाएको छ । अल हिलालले स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट डी पउललाई भित्र्याउन चाहेको हो ।

सन् २०२१ मा इटालियन क्लब युडिनेसबाट एट्लेटिको भित्रिएका डी पउलले ९१ स्पेनिस ला लिगा खेलमा ६ गोल गरेका छन् ।

पछिल्लो समय लयमा रहेको अल हिलाल आफ्नो मिडफिल्ड अझै बलियो बनाउने लक्ष्यमा छ ।

अल हिलालमा रुवेन नाभेस, सलिम अल दवासरी, कार्लोस एडुआर्डो, सर्गेज मिलिन्कोभिच जस्ता मडिफिल्डर छन् ।