साफ यु-१६ महिला च्याम्पियनसिप

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै बंगलादेश च्याम्पियन

काठमाडौं । गोलकिपर एमएस यरजान बेगम नायक बन्दा भारतलाई पनोल्टी सुटआउटमा ३-२ ले निरास बनाउँदै बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१६ महिला च्याम्पियनसिपको विजेता बनेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हाे।

पेनाल्टीमा बंगलादेशका लागि मारियम बिन्ता हन्ना, थुनी मर्मा र साथी मुन्डाले गोल गरे । सौभरभी अखण्ड प्रीति र अल्पी अख्तर भने चुके । प्रितिको प्रहार भारतीय गोलकिपर मुन्नीले बचाउँदा अख्तरको प्रहार पोलमा लागेर फर्किएको थियो ।

भारतका लागि स्वेता रानी र  अन्विता रघुरमानले गोल गर्दा एलिनादेवी सारङ्गथेम, बोनिफिलिया शुल्लई र दिव्यारानी लिन्डाले गोल गर्न सकेनन् । तीनै प्रहार बंगलादेशी गोलकिपर यरजान बेगमले रोकिन् ।

त्यसखघि खेलको चौथो मिनेटमै अनुष्का कुमारीको गोलमार्फत भारतले अग्रता लिएको थियो । ७१औं मिनेटमा मरियम बिन्ता हन्नाले बंगलादेशका लागि बराबरी गोल गरिन् ।

लिग चरणमा शतप्रतिश जित नेकालेको बंगलादेश शीर्ष तथा भारत दुई जित र एक हारको नतिजासहित दोस्रो स्थानमा रहँदै फाइनल पुगेका थिए ।

बंगलादेशले लिग चरणका तीन खेलबाट नौ अंक जोड्दा भारतको ६ अंक रह्यो ।

यसअघि बंगलादेशले घरेलु टोली नेपाललाई २-०,भारतलाई ३-१ र भुटानलाई ६-० ले पराजित गरेको थियो। यसैगरी भरातले भुटानलाई ७-० र नेपाललाई १०-० ले हराएको थियो ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता थियो । सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिडेका हुन् ।