नेपाली फुटबल

पहिलो जितको खोजीमा नेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१६ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज (सोमबार) भुटानविरुद्ध खेल्दैछ ।

खेल सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा दिउसो तीन बजे सुरु हुनेछ । भुमिका बुढाथोकीको कप्तानीमा रहेको नेपाल पहिलो जितको खोजीमा छ ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो । चक्र तामाङको प्रशिक्षणमा नेपाल जित निकाल्दै उपाधि सम्भावना कायम राख्ने योजनामा छ ।

प्रशिक्षक तामाङ पहिलो खेलमा खेलाडीले स्वभाविक खेल खेल्न नसकेको र भुटानविरुद्ध राम्रो प्रदर्शन हुनेमा विश्वस्त छन् ।

भुटान पनि पहिलो जितको खोजीमा छ । भुटान पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो ।

नेपाल, भुटान, भारत र बंगलादेशसम्मिलत प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । सुरुवाती दुबै खेल जितेका भारत र बंगलादेशले समान तीन अंक जोडेका छन् । नेपाल र भुटान बिना अंक छन् ।