एफए कप

चेल्सी, लिभरपुल र युनाइटेड विजयी

काठमाडौं । एफए कप अन्तर्गत पाँचौ चरणको खेलमा प्रिमियर लिग क्लब चेल्सी, म्यानचेष्टर सिटी, लिभरपुल र उल्भ्स विजयी भएका छन् ।

बुधबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जिताउन जेदन डान्सले दुई तथा लेविस कौमासले एक गोल गरेका हुन् ।

अर्काे रोमाञ्चक खेलमा चेल्सीले लिड्स युनाइटेडलाई ३–२ ले हराएको हो । चेल्सीले पुनरागमन गर्दै जित निकाल्न सफल भयो ।

चेल्सीको जितमा निकोलास ज्याक्सन, मेखाइलो मुड्रिक र कोनोर गल्लाघेरले समान एक गोल गरेका थिए । लिड्सको लागि माटेओ जोसेफले दुई गोल गरेका हुन् ।

युनाइटेडले घरेलु टोली नटिंघम फोरेष्टलाई १–० ले हरायो । खेलको अन्तिम मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा कासेमेरोले विजयी गोल गरेका हुन् । अर्काे खेलमा उल्भ्सले पनि ब्राइटनलाई १–० ले नै हराएको हो ।