स्पेनिस ला लिगा

रियाल ला लिगाको शीर्ष स्थानमा उक्लियो

काठमाडौं । स्ट्राइकर जोसेलुको दुई गोलप्रेरित रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।

बिहीबार राति भएको खेलमा रियालले गेटाफेलाई २–० ले हराएको हो । जित पछि कार्लाे एन्सेलोटीको रियाल २२ खेलबाट ५७ अंकसहित शीर्ष स्थानमा छ । उनले १८ जित, तीन बराबर र एक खेलमा हार बेहोरेको छ ।

२२ खेलबाट १७ जितसहित ५५ अंक जोडेको जिरोना दोस्रो स्थानमा झर्याे । एट्लेटिको मड्रिड ४७ अंकसहित तेस्रो र समान अंकसहित बार्सिलोना चौथो स्थानमा छ ।

१५ हजार दुई सय समर्थक रहेको गेटाफे मैदानमा रियालले १४औं मिनेटमा अग्रता बनायो । लुकासको पासमा जोसेलुले गोल गरे । ५६औं मिनेटमा भिनिसियस जुनियरको पासमा जोसेलुले दोस्रो गोल गरेका हुन् ।