चैत्र १८, २०८२ बुधबार | ११:३७:१३
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

भारतको सामना गर्दै नेपाल

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसिसी यु १९ विश्वकपको सुपर सिक्स खेलमा नेपालले शुक्रबार भारतको सामना गर्दैछ । खेल माङ्गाउगं ओभलमा नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ ।

नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर  सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपाल भारतलाई हराउँदै प्रतियोगिताको सुखद् अन्त्य गर्ने सोचमा छ ।

उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । नेपाललाई हराए भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि भारत नेट रनरेटको आधारमा सेमिफाइनल खेल्ने सम्भावना बलियो छ ।

देव खनालको कप्तानीका रहेको नेपाललाई अर्जुन कुमाल, सुवास भण्डारी, विशालविक्रम केशी, आकाश चन्द जस्ता खेलाडीको साथ रहेनछ । 
बंगलादेशविरुद्धको पछिल्लो खेलमा विशालले ४८ रन बनाउँदा सुवासले पाँच विकेट लिएका थिए ।

मुशिर खान भारतका लागि प्रमुख हतियार हुन् । उनले आयरल्यान्डविरुद्ध १ सय १८, अमेरिकाविरुद्ध ७३ र न्युजिल्यान्डविरुद्ध १ सय ३१ रन बनाएका छन् । उनले ७ विकेट लिएका छन् ।

विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुवै खेलमा नेपालले पराजित भएको छ । नेपाल सन् २००० मा ८ र २०१६ मा ७ विकेटले पराजित भएको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो