साउदी प्रो लिग

अल हिलाललाई १३ अंकको अग्रता

काठमाडौं । साउदी प्रो लिगको शीर्षस्थानमा अल हिलालले १३ अंकको अग्रता बनाएको छ । बिहीबार राति भएको खेलमा अबालाई ७–० ले हराएसँगै अल हिलालले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।

१८ खेल खेलमा दुई खेल मात्रै बराबर खेलेर अपराजित यात्रा कायम राखेको अल हिलालले ५० अंक जोडेको छ । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर १६ खेल खेल्दै ३७ अंक जोडेर दोस्रो स्थानमा छ ।

१७ खेल खेलेको अल अहली ३४ अंकसहित तेस्राँे स्थानमा छ । बलियो मानिएको अल इत्तिहाद भने १६ खेलमा २८ अंकसहित छैटौं स्थानमा छ ।

घरेलु मैदानमा अबाविरुद्ध जित निकाल्दा सर्ज मिलिंकोभिक सेभिकले ह्याट्रिक गोल गरे । एलेजान्डर मिट्रोभिक, अल दाब्सरी, मोहम्मेद कान्नो र कप्तान रुवेन नेभसले समान एक गोल गरेका थिए ।

अल हिलालका मुख्य खेलाडी नेयमार भने घाइते भएपछि अझै मैदान फर्कन सक्ने अवस्थामा छैनन् ।