सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता

तिलोत्तमामा सेभेन ‘ए’ साइड फुटबल हुने

सांकेतिक तस्बिर

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ स्थित नव टिकुलीगढ युवा क्लबको आयोजनामा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

स्वं गंगादेवी गुरुङको स्मृतिमा पुस १२ देखि हुन लागेको प्रतियोगितालाई गुरुङको परिवारले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगिताको विजेताले  ४४ हजार ४ सय ४४ तथा उपविजेताले २२ हजार २ सय २२ रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र गर्नेछन् । 

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई ३ हजार ५ सय तथा सर्वाधिक गोलकर्ता र उदयीमान खेलाडीलाई २ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

टिकुलीगढ माविको खेल मैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि ४ हजार रुपैयाँ तिरेर पुस ९ गते भित्र टोली दर्ता गर्न सकिनेछ । 

प्रतियोगितामा सहभागी टोलीमा १० खेलाडी तथा समान एक प्रशिक्षक र म्यानेजर गरी १२ जना रहन पाउने आयोजकले बताएको छ  ।