मोरक्को फुटबल संघ

मोरक्कन महिला फुटबल टोलीको प्रशिक्षकमा भिल्डा

काठमाडौं । स्पेनका पूर्वप्रशिक्षक जर्ज भिल्डा मोरक्कन महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

भिल्डाको नेतृत्वमा स्पेनले यही वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न फिफा महिला विश्वकपको उपाधि जितेको थियो । अगस्ट २० मा भएको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई १-० ले पराजित गरेको थियो । 

तर स्पेपनिस फुटबल संघका अध्यक्ष  लुइस  रुबियालेसकाे विवादपछि विश्व विजेता बनेको एक महिना नबित्दै भिल्डा बर्खास्तमा परेका थिए ।

मोरक्को फुटबल संघले रेनाल्ड पेड्रोसको स्थानमा भिल्डालाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो । पेड्रोसको नेतृत्वमा पहिलो पटक महिला विश्वकप खेलेको मोरक्कोले अन्तिम १६ सम्मको यात्रा तय परेको थियो ।

याे पनि

स्पेनिस महिला टोलीका मुख्य प्रशिक्षक भिल्डा बर्खास्त