साफ यु-१६ च्याम्पियनसिप

यु-१६ साफ च्याम्पियनसिपः भारत च्याम्पियन

काठमाडौं । बंगलादेशमाथि २-० को जित निकाल्दै भारत दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१६ च्याम्पियनसिपको च्याम्पियन बनेको छ ।

भुटानको चाङ्लिङथान रंगशाला आइतबार सम्पन्न फाइनलमा भारतलाई जित दिलाउन भरत लैरेंजम र लेभिस जाङ्मिनलुनले गोल गरे ।

खेलको आठौं मिनेटमा भरतको गोलमार्फत भारतले अग्रता लिएको थियो । ७४ औं मिनेटमा लेभिसले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

भारत माल्दिभ्सलाई ८-० तथा बंगलादेश पाकिस्तानलाई २-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

समूह चरणको खेलमा पनि भारतले बंगलादेशलाई १-० ले हराएको थियो ।