चैत्र ७, २०८२ शनिबार | ११:५८:५३
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

साधारणसभा सुरु नहुँदै कार्यसमितिबाट स्थगनको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार विवादास्पद विशेष साधारणसभा गणपुरक सदस्यको उपस्थिती नभएका कारण स्थगित भएपछि सोमबार पुनः गर्ने भएको छ ।

विशेष साधारणसभा कार्यसमितिको निर्णयपछि मात्र बोलाउन सकिने एन्फाको वैधानिक व्यवस्था छ । प्रस्तावित विशेष साधारणसभाअघि आइतबारै बिहान ८ बजे एन्फा कार्यसमितिको आकस्मिक बैठक बसेको थियो ।

कार्यसमितिको आकस्मिक बैठकपछि दिउसो १२ बजे अनलाइन माध्यमबाट भर्चुअल विशेष साधारणसभा सुरु भएको थियो । सहिद स्मारक लिगका ४२ मध्ये ३२ क्लबको विरोधका बावजुद सुरु भएको साधारणसभामा एन्फाका ८६ मध्ये ३८ मात्र सदस्यको उपस्थिती भएपछि साधारणसभा सम्पन्न हुन सकेन ।

अडिटर नियुक्तिको एजेन्डा पास गर्न बोलाइएको विशेष साधारणसभा हुन नसकेपछि हलबाटै अध्यक्ष पंकजविक्रम नेम्वाङले सोमबार ११ बजे पुनः साधारणसभा बस्ने घोषणा गरेका थिए । त्यसपछि एन्फाद्धारा जारी विज्ञप्तिमा बिहान बसेको कार्यसमिति बैठकका निर्णय भन्दै पाँच बुदा सार्वजनिक गरियो ।

जहाँ पहिलो निर्णयमा विभिन्न दातृ निकायसँग आर्थिक सम्झौता गर्ने अख्तियारी अध्यक्षलाई दिने, दोस्रो निर्णयमा विश्वकप छनोटको पहिलो चरण १५ हजार र दोस्रो चरण ६५ हजार डलरमा सिंगापुरको स्पोर्टस फाइभलाई दिने, तेस्रो निर्णयमा नेपाली राष्ट्रिय टोली र बेलायतको एक तेस्रो श्रेणीको टिमबीच अप्रिल र मेभित्र दुई मैत्रीपूर्ण खेल खेल्ने, चौथो निर्णयमा घाइते, दीर्घरोगको उपचारमा रहेका र निधन भएका फुटबलकर्मीहरुलाई आर्थिक सहयोग गर्ने उल्लेख छ ।

यसैगरी पाँचौं निर्णयमा भने आइतबारको विशेष साधारणसभामा आवश्यक कोरम नपुगेकाले सोमबार गर्ने उल्लेख छ । एन्फाको प्रेस विज्ञप्तिमा कार्यसमिति बैठकको निर्णय भनेर सार्वजनिक गरेको विषय विवादमा फसेको छ ।

एन्फाको कार्यसमिति बैठक साधारणसभाभन्दा पहिला नै सम्पन्न भइसकेको थियो । जवकि एन्फाले प्रेस विज्ञप्तिमा भनेको छ, ‘भाद्र २४ गतेको अनलाइन मार्फत भएको एन्फा विशेष साधारणसभामा एन्फाको विधान बमोजिम गणपुरक संख्या अपुग भएकोले पुनः उक्त एन्फा विशेष साधारणसभा सोमबार बिहान ११ बस्ने जानकारी गरियो ।’

‘बिहान बसेको एन्फा कार्यसमिति बैठकले दिउसो भएको साधारणसभामा कोरम नपुगेको कसरी थाहा पायो?,’ एन्फा कार्यसमितिकै एक सदस्यले भने, ‘हाम्रो एन्फा नेतृत्व र सचिवालयसँग भविश्य देख्न सक्ने क्षमता रहेछ । उहाँहरु फुटबलमा होइन, ज्योतिषी पेशामा लाग्दा राम्रो होला ।’  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो