पुस ३०, २०८२ बुधबार | २०:४५:१२
साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित

साधारणसभा सुरु नहुँदै कार्यसमितिबाट स्थगनको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार विवादास्पद विशेष साधारणसभा गणपुरक सदस्यको उपस्थिती नभएका कारण स्थगित भएपछि सोमबार पुनः गर्ने भएको छ ।

विशेष साधारणसभा कार्यसमितिको निर्णयपछि मात्र बोलाउन सकिने एन्फाको वैधानिक व्यवस्था छ । प्रस्तावित विशेष साधारणसभाअघि आइतबारै बिहान ८ बजे एन्फा कार्यसमितिको आकस्मिक बैठक बसेको थियो ।

कार्यसमितिको आकस्मिक बैठकपछि दिउसो १२ बजे अनलाइन माध्यमबाट भर्चुअल विशेष साधारणसभा सुरु भएको थियो । सहिद स्मारक लिगका ४२ मध्ये ३२ क्लबको विरोधका बावजुद सुरु भएको साधारणसभामा एन्फाका ८६ मध्ये ३८ मात्र सदस्यको उपस्थिती भएपछि साधारणसभा सम्पन्न हुन सकेन ।

अडिटर नियुक्तिको एजेन्डा पास गर्न बोलाइएको विशेष साधारणसभा हुन नसकेपछि हलबाटै अध्यक्ष पंकजविक्रम नेम्वाङले सोमबार ११ बजे पुनः साधारणसभा बस्ने घोषणा गरेका थिए । त्यसपछि एन्फाद्धारा जारी विज्ञप्तिमा बिहान बसेको कार्यसमिति बैठकका निर्णय भन्दै पाँच बुदा सार्वजनिक गरियो ।

जहाँ पहिलो निर्णयमा विभिन्न दातृ निकायसँग आर्थिक सम्झौता गर्ने अख्तियारी अध्यक्षलाई दिने, दोस्रो निर्णयमा विश्वकप छनोटको पहिलो चरण १५ हजार र दोस्रो चरण ६५ हजार डलरमा सिंगापुरको स्पोर्टस फाइभलाई दिने, तेस्रो निर्णयमा नेपाली राष्ट्रिय टोली र बेलायतको एक तेस्रो श्रेणीको टिमबीच अप्रिल र मेभित्र दुई मैत्रीपूर्ण खेल खेल्ने, चौथो निर्णयमा घाइते, दीर्घरोगको उपचारमा रहेका र निधन भएका फुटबलकर्मीहरुलाई आर्थिक सहयोग गर्ने उल्लेख छ ।

यसैगरी पाँचौं निर्णयमा भने आइतबारको विशेष साधारणसभामा आवश्यक कोरम नपुगेकाले सोमबार गर्ने उल्लेख छ । एन्फाको प्रेस विज्ञप्तिमा कार्यसमिति बैठकको निर्णय भनेर सार्वजनिक गरेको विषय विवादमा फसेको छ ।

एन्फाको कार्यसमिति बैठक साधारणसभाभन्दा पहिला नै सम्पन्न भइसकेको थियो । जवकि एन्फाले प्रेस विज्ञप्तिमा भनेको छ, ‘भाद्र २४ गतेको अनलाइन मार्फत भएको एन्फा विशेष साधारणसभामा एन्फाको विधान बमोजिम गणपुरक संख्या अपुग भएकोले पुनः उक्त एन्फा विशेष साधारणसभा सोमबार बिहान ११ बस्ने जानकारी गरियो ।’

‘बिहान बसेको एन्फा कार्यसमिति बैठकले दिउसो भएको साधारणसभामा कोरम नपुगेको कसरी थाहा पायो?,’ एन्फा कार्यसमितिकै एक सदस्यले भने, ‘हाम्रो एन्फा नेतृत्व र सचिवालयसँग भविश्य देख्न सक्ने क्षमता रहेछ । उहाँहरु फुटबलमा होइन, ज्योतिषी पेशामा लाग्दा राम्रो होला ।’  


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||