भक्तपुरमाथि बाँसगढीको सान

काठमाडौं, (खेलाडी)-  बर्दियाको बाँसगढी नगरपालिकाले उपमेयर कप राष्ट्रिय प्रतियोगितामा सुखद सुरुवात गरेको छ । 

शुक्रबार सम्पन्न पहिलो खेलमा बाँसगढीले भक्तपुर नगरपालिकामाथी १२-० को रवाफिलो जित निकालेको हो । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बाँसगढीको सानदार जितमा अमिषा कार्कीले सात गोल गरिन् । त्यस्तै मनिका घर्ती मगरले दुई तथा रेनुका हमाल, दुर्गाकुमारी चौधरी र तुलसी योगीले समान एक गोल गरिन् । 

बाँसगढीकी अमिषा कार्की खेलको प्लेअर अफ दी म्याच घोषित भइन् । उनले नगद पाँच हजार रुपैंया सहित ट्रफी पाइन् । 

समुह ‘डी’ अन्तर्गत को जानकी नगरपालिका र शिवशक्ति नगरपालिकाबीचको खेल जारी छ ।