सहभागी टोली काठमाडौं नआइपुग्दा खेल सर्यो

काठमाडौं, (खेलाडी)-  कैलालीको जानकी नगरपालिका समयमा उपस्थित नभएपछि उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको दोस्रो खेल पर धकेलिएको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिनको दोस्रो खेल जानकी नगरपालिका र झापाको शिवसताक्षी नगरपालिकाबीच हुने तालिका थियाे । तर जानकी नगरपालिकाका खेलाडी ढिलोे गरि मैदान पुगेपछि खेल दुई घण्टा पछिका लागि सारेको हो ।

आजै तीन बजेका लागि तय समूह ‘इ’ अन्तर्गत हुम्माको सिमकोट गाउँपालिका र काठमाडौं महानगरपालिको खेल ११ गतेलाई सारिएको एन्फाका एक अधिकारीले खेलाडीलाई बताए ।

‘कैलाली परेको अविरल वर्षाका कारण टिमलाई आउन ढिलो भयो । नगरपालिकाले बिदाई गरेर पठाउने योजना रहेछ । टिम भर्खर आइपुगेको छ । खेल आजै तीन बजे हुनेछ र तीन बजेको खेल सबैको सहमतिमा ११ गतेको लागि सारेका छौं,’ एन्फाको एक अधिकारीले भने ।