हामी स्वभाविक लयमा फर्किएका छौः एलेग्री

मिलान, (खेलाडी)- युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले सिजनको सुरुआतमा टोलीले लय गुमाएपनि अहिले भने आफुहरु स्वभाविक लयमा फर्किएको बताएका छन् ।

आइतबार मोइसे किनको गोलमा युभेन्टसले रोमालाई १-० ले पराजित गरेको थियो । युभेन्टसले इटालियन सिरी 'ए' मा हात पारेको यो लगातार चौथो जित हो भने सबै खाले प्रतियोगिता गरि छैटौ जित हो ।

युभेन्टस सिरी 'ए' को सुरुआती तीन खेलमा जितविहिन बनेको थियो । लिगको पहिलो खेल बराबरी खलेको युभेन्टस दोस्रो र तेस्रो खेलमा पराजित भएको थियो ।

'हामी स्वभाविक लयमा फर्किएका छौ,' एलेग्रीले भने, 'यो महत्वपूर्ण जित हो । हामीले अंक तालिकामा आफ्नो राम्रो उपस्थिती देखाउन सुरु गरेका छौ । हामी खराब सुरुआत पछि क्रमिक रुमपा सुधारिएको प्रदर्शन गरिरहेका छौ ।'

युभेन्टस आठ खेलमा १४ अंकसहित सातौ स्थानमा छ भने समान खेल खेलेको रोमा १५ अंक बटुल्दै चौथौ स्थानमा छ ।