भ्यालेन्सियामाथि बार्सिलोनाको सहज जित

मड्रिड, (खेलाडी)-  सर्जियो अग्विरोले डेब्यु गरेको खेलमा बार्सिलोनाले आइतबार स्पेसनिस ला लिगामा भ्यालेन्सियामाथि ३-१ को जित हात पारेको छ । 

अग्विरो यसै सिजन म्यानचेस्टर सिटीबाट बार्सिलोना आएपनि चोटका कारण मैदान भने उत्रिएका थिएनन् । अग्विरो ८७औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

भ्यालेन्सियामाथिको जितसँगै बार्सिलोनाले ११ खेलपछि जितको स्वाद चाखेको छ ।

पाँचौ मिनेटमा जोजे गयाले गरेको गोलमा भ्यालेन्सियाले अग्रता लिएको थियो । त्यसको आठ मिनेटपछि नै अंशु फातीले बार्सिलोनालाई खेलमा फर्काएका थिए । ४१ औं मिनेटमा एम्पिस डिपेले पेनाल्टीमा गोल गर्दा बार्सिलोनाले अग्रता लियो ।

खेल सकिन पाँच मिनेट बाँकी हुँदा फिलिप कौटिन्होले बार्सिलोनाका लागि तेस्रो गोल गरे । कौटिन्हो सन् २०२० नोभेम्बरमा ओसासुनामाथि ४-० को जित हात पारेको खेलपछि गरेको यो  पहिलो गोल हो ।

बार्सिलोना आठ खेलमा १५ अंकसहित सातौ स्थानमा छ जुन शीर्ष स्थानको रियाल सोसिडाड भन्दा पाँच अक कम हो । भ्यालेन्सिया १२ अंक जोड्दै नवौ स्थानमा छ ।