लगातार दोस्रो जित हासिल गर्ने उद्देश्यमा फिनल्यान्ड

रोम, (खेलाडी)- डेनमर्कका मिडफिल्डर क्रिस्टियन इरिसन मैदानमा ढलेको घटनाले छायाँमा परेको खेलमा फिनल्यान्डले १-० को जित हात पारेको थियो ।

प्रतियोगिताको पहिलो सहभागिताको पहिलो खेलमा फिनल्यान्ड स्पष्‍ट ३ अक लिन सफल भएको थियो । समूह ‘बी’को अर्को खेलमा रुस भने बेल्जियमसँग ३-० ले निराश भएको थियो । 

फिफा विश्‍व वरियताको शीर्ष स्थानमा रहेको बेल्जियम यस समूहको सबभन्दा बलियो टोलीको रुमपा देखिएको छ । त्यसैले डेनमार्कविरुद्धको जितले हौसिएको फिनल्यान्ड आज राति रुसविरुद्ध पनि त्यही सफलतालाई निरन्तरता दिँदै पहिलो सहभागितामै युरोपियन च्याम्पियनसिपको समूह चरणबाट माथि उठ्न चाहन्छ ।

फिनल्यान्ड र रुसबीचको खेल आज साँझ नेपाली समयअनुसार पौने सात बजे रुसको सेन्ट पिट्सबर्गमा हुनेछ ।

‘प्रतियोगिताको ‘डेब्यु’ खेलमै स्पष्‍ट ३ अंक जोड्न सफल भएका थियौं । यो सुखद पक्ष हो,’ फिनल्यान्डका प्रशिक्षक मार्कु कानेरेभाले भने, ‘तर यो हाम्रा लागि पर्याप्त भने छैन । रुस हाम्रो लागि अर्को चुनौती हो । रुस उत्कृष्‍ट टोली हो । तर पहिलो खेलको जितले हाम्रो मनोबल बढेको छ ।’

फिनल्यान्डले सन् १९१२ को ओलम्पिकको फुटबलमा रुसलाई हराएको थियो । त्यसयताका १७ भेटमा भने रुसले सधै बाजी मार्दै आएको छ ।

जित्‍नै पर्ने दबाबमा रहेको रुसले हाल सम्म युरो इतिहासमा ६ खेल खेल्दा एक खेलमा पनि जित हात पार्न सकेको छैन । त्यसक्रममा ४ खेल गुमाएको रुसले २ खेलमा भने अंक बाढेको छ ।