स्वारेजमार्फत मेसीको आगामी गन्तब्यका बारेमा बुझ्न लगाएः सिमोनी

मड्रिड, (खेलाडी)- स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडका प्रशिक्षक डियगो सिमोनीले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई क्लबमा भित्राउन लुइस स्वारेजमार्फत सम्पर्क गर्न लगाएको खुलासा गरेका छन् ।

‘मेसी बार्सिलोना मै बस्ने सम्भावना न्युन भएपछि मैले स्वारेजलाई मेसीको एट्लेटिको आउने इच्छा छ वा छैन भन्ने बुझ्न लगाए ।,’ सिमोनीले भने, ‘ मेसीको गन्तब्य तय  नभइसकेकाले मैले स्वारेजमार्फत मेसीलाई एट्लेटिकाे आउन अनौपचारिक प्रस्ताव गर्न लगाए  ।'

स्वारेज गत सिजन मात्र बार्सिलोनाबाट एट्लेटिको आएका थिए । बार्सिलोनमा रहँदा मेसी र स्वारेजको जोडी निकै जमेकोे थियो ।

मेसी यसै सिजन बार्सिलोनाले ला लिगाको आर्थिक नियम देखाउदै सम्झौता नविकरण गर्न नसक्ने बताएपछि क्लबसँगको २१ वर्षे सम्बन्धमा पूर्णविराम लगाउँदै फ्रेन्च लिग क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुवन्धित भएका थिए ।