इन्टर मिलान

लोरिस भित्र्याउने इन्टरको इच्छा

काठमाडौं। इटालियन क्लब इन्टर मिलानले फ्रेन्च गोलकिपर ह्युगो लोरिस भित्र्याउने इच्छा देखाएको छ ।

इन्टरले इङ्लिस क्लब टोटनहमबाट लोरिस भित्र्याउन चाहेको हो ।  

क्यामरुनी गोलकिपर आन्द्रे ओनाना इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड अनुबन्ध हुने सम्भावना बढेकाले इन्टर उनको विकल्प खोजीरहेको छ ।

सन् २०१२ मा फ्रेन्च क्लब लियोनबाट टोटनहम भित्रिएका लोरिसले ३ सय ६१ प्रिमियर लिग खेल खेलेका छन् ।

लोरिस अनुबन्धका लागि साउदी अरेबियन क्लबहरुले पनि चासो देखाइरहेका छन् ।