वैशाख २६, २०८२ शुक्रबार | १५:३९:५६
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

रेगन र सुचित्रा सम्मानित

काठमाडौं । मानसिंह डोजोले १५औं कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडी रेगन घले र सुचित्रा गुरुङलाई  सम्मान गरेको छ।

दक्षिण कोरियाको बुसानमा जुलाइ १ देखि २ सम्म भएको प्रतियोगिता अन्तर्गत  रेगनले पुरुष १०-११ वर्षमा तथा सुचित्राले महिला ८-९ वर्षको एकल काता र कुमुतेमा  स्वर्ण जितेका थिए ।

कोरिया ओपनमा टोलीको नेतृत्व गरेका मानसिंह डोजोका प्रमुख एवं अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जन पनि सम्मानित भए ।

सोही अवसरमा युएस ओपन कराते च्याम्पियनसिपको सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका सुमन तिमिल्सनालाई पनि सम्मान गरिएको थियो ।

उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र नेपाल कराते महासंघका सदस्य शशिकुमार तितुङले सम्मान गरे ।

 मेयर महर्जनले अन्तर्राष्ट्रिय प्रतियोगितामा मानसिंह डोजोका खेलाडीले पदक जितेर नगरको मात्र नभइ सिंगो देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा खुशी व्यक्त गर्दै मानसिंह डोजोले खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको बताए । 

सोही कार्यक्रममा एकेएफ सिनियर कराते च्याम्पियनसिपमा भाग लिने खेलाडी मिनबहादुर तामाङ र एलिना बिकलाई पनि बिदाइ गरिएको थियो ।

प्रतियोगिता मलेसियाको मेलाकामा जुलाइ २१ देखि २३ सम्म हुनेछ ।  


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP