सहिद स्मारक ए डिभिजन लिग

पुलिसलाई फ्रेन्ड्सको चुनौती

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज नेपाल पुलिस क्लबको सामना गर्दा फ्रेन्ड्स क्लब जितसहित रेलिगेशन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा हुनेछ । 

पछिल्लो खेलमा सातदोबाटो युथ क्लबमाथि ४-० को जित निकालेको फ्रेन्ड्स उच्च मनोबलका साथ मैदान उत्रने छ । फ्रेन्ड्स २१ खेलमा २४ अंकसहित १३औं स्थानमा छ ।

यता खराब सुरुआतका बाबजुद पनि पछिल्लो समयको उत्कृष्ट प्रदर्शनपछि रेलिगेशनबाट जोगिने सम्भावना बलियो पारेको नेपाल पुलिस क्लब पनि जितसहित अंकतालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । पुलिस २१ खेलमा २८ अंकसहित नवौं स्थानमा छ । 

आजै दशरथ रंगशालामाह हुने पहिलो खेलमा हिमालयन शेर्पाले एफसी खुमलटारको सामना गर्दैछ । 

हिमालयन शेर्पा २१ खेलमा २९ अंकसहित नवौं स्थानमा छ । खुमलटार भने समान खेलमा २१ अंकसहित १४औैं स्थानमा छ ।