एन्फा प्रविधिक कमिटीका उप–संयोजक कुमार राजभण्डारीको राजिनामा

काठमाडौं, (खेलाडी)- अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रविधिक कमिटीका उप–संयोजक कुमार राजभण्डारीले राजिनामा दिएका छन् । 

कुमारले आज (मंगलबार) एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासमक्ष राजिनामा दिएका हुन् । 

कुमारले काम केहि नभएकाले आफुले राजिनामा दिएको बताएका छन् । 

‘काम केहि नहुने, आफ्नो मनखुसीमा चल्ने,हुन्छ मात्रै भन्ने तर काम केहि नगर्ने । काम नहुने भएपछि म त्यस ठाँउमा रहनुको अर्थ रहदैन्,’ कुमारराजले भने, ‘मैले पहिले पनि राजिनामा दिन खोजेको थिए तर सहेर बसे । मलाई निर्देशन पनि अध्यक्षबाट नै आउने हुदाँ उहाँसमक्ष नै राजिनामा पेश गरे ।’

यता, एन्फा महासचिव इन्द्रमान तुलाधरले भने कुमारराजले अध्यक्षलाई सम्बोधन गरेकाले आफुलाई यसबारे केहि जानकारी नभएको बताएका छन् ।