जर्मन बुन्डेसलिगा

साल्केमाथि बायर्नको फराकिलो जित

काठमाडौं । जर्मन बुन्डेसलिगमा घरेलु टोली बायर्न म्युनिखले साल्केमाथि ६-० को फराकिलो जित निकालेको छ ।

जितसँगै शीर्ष स्थानको बायर्नले ३२ खेलमा ६८ अंक जोडेको छ । पराजय ब्यहोरेको साल्के समान खेलबाट ३० अंकका साथ १६ औं स्थानमा छ ।

एलियन्ज एरिनामा शनिबार सम्पन्न खेलमा बायर्नलाई जित दिलाउन सर्ज गिनाब्रीले दुई तथा थोम मुल, जोशुवा किमिच, म्याथिज टेल र नौसिर मजरौइले समान एक गोल गरे ।

खेलको २१औं मिनेटमा मुलरको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । आठ मिनेटपछि किमिचले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

५० र ६५औं मिनेटमा गिनाब्रीले गोल गर्दा बायर्न ४-० ले अघि बढ्यो । ८०औं मिनेटमा टेलले टोलीका लागि पाँचौं गोल गरे ।

इन्जुरी समयमा मजारौइले गोल गर्दै बार्यनलाई ६-० को फराकिलो जित दिलाए ।