काठमाडौं । एन्जल्स हार्ट र आयोजक बसुन्धारा नेसनल एकेडेमी (बिएनए) छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनल प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले शनिबार इडेन ब्रिज एकेडेमी (इबिए) लाई १३-९ ले पराजित गरेको हो । एन्जल्स हार्टको जितमा रुपेश पौडेलले सात अंक योगदान गरे । दिपेश पण्डितको नौ अंक सहयोगमा बिएनएले गोल्डेपिकलाई २०-१६ ले हरायो ।
सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा ग्रिनल्यान्डले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ११-६, पृथ्वीले विन्डी हाउसलाई ११-१० र गोल्डेनपिकले स्काइलार्कलाई १५-१० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।
यसैगरी सिनियर गर्ल्सको क्वार्टरफाइनलमा एचएसिएले एलएनए, बिएनएले पृथ्वी, भ्याली पब्लिकले काठमाडौं ग्लोबल तथा नेपाल मोडेलले फेरिल्यान्डको सामना गर्नेछन् ।
भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video