माघ ३, २०८२ शनिबार | ०८:५७:२१
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

हाउन्ड्स र टाइम्सको जित

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल)मा हाउन्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले जित दर्ता गरेका छन् ।

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको पहिलो खेलमा हाउन्ड्सले घरेलु टोली कीर्तिपुर क्लबलाई ८०-६९ ले पराजित गरेको हो ।

हाउन्ड्सले सुरुआती तीन क्वार्टर क्रमशः २५-२३, २१-९, २०-११ ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम क्वार्टर कीर्तिपुरले २५-१४ ले जिते पनि त्यसले हाउन्ड्सलाई कुनै असर गरेन ।

हाउन्डसको जितमा विजय बुर्जा एक्लैले सर्वाधिक ३४ अंक जाेडे । कीर्तिपुरका निश्चल महर्जनले २३ स्कोरकाे याेगदान गरेका थिए ।

चौथो जितसँगै हाउन्ड्स  पाँच खेलबाट ९ अंकसहित शीर्ष स्थानमै छ । तेस्रो हार बेहोरेको कीर्तिपुर समान खेलबाट सात अंकका साथ तेस्रो स्थानमा छ ।

यस्तै दोस्रो खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ८४-६९ ले हरायो ।

पहिलो क्वार्टरमा सामुखशीले १८-१३ को अग्रता लिएको थियो । दोस्रो तथा तेस्रो क्वार्टरमा टाइम्सले क्रमशः २७-२१, २६-१२ ले आफ्नो पक्षमा पार्यो ।

चौथो तथा अन्तिम क्वार्टरमा १८-१७ ले अगाडि रहे पनि सामाखुशीले टाइम्सलाई जितबाट रोक्न सकेन ।

टाइम्सका मनिष केसी तथा माखुशीका विक्रम डंगोलले समान २० स्कोरकाे याेगदान गरेका थिए ।

तेस्रो जित हात पारेको टाइम्स आठ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । सामाखुशीको यो लगातार पाँचौ हार हो । पराजित भए पनि एक अंक प्राप्त हुने हुँदा सामाखुशी पाँच अंकसहित  पुछारमा छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate