भाद्र ५, २०८२ शुक्रबार | ०८:०५:१२
साफ यु-१७ च्याम्पियनसिपः नेपालका लागि भुटान सहज प्रतिद्धन्द्धी होइन उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने साफ यु-१७ च्याम्पियनसिपः नेपालका लागि भुटान सहज प्रतिद्धन्द्धी होइन उसुकी जुनी राईलाई नेपाल प्रहरीको सम्मान अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्डको तीनै टोली विजयी टेबलटेनिस लिगः आयोजक स्ट्यागलाई एकल अग्रता सजिना स्याङ्तानको ह्याट्रिकमा एनआरटीको सहज जित ग्लोबल हुप फेस्टः सिसिआरसी र प्रिमियर उपाधि नजिक एनओसी तदर्थ समितिका ९ सदस्यको नाम सार्वजनिक एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज शीर्ष स्थानमा लरेन जेम्सले नयाँ सिजनकाे सुरुआती खेल गुमाउने

हाउन्ड्स र टाइम्सको जित

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल)मा हाउन्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले जित दर्ता गरेका छन् ।

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको पहिलो खेलमा हाउन्ड्सले घरेलु टोली कीर्तिपुर क्लबलाई ८०-६९ ले पराजित गरेको हो ।

हाउन्ड्सले सुरुआती तीन क्वार्टर क्रमशः २५-२३, २१-९, २०-११ ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम क्वार्टर कीर्तिपुरले २५-१४ ले जिते पनि त्यसले हाउन्ड्सलाई कुनै असर गरेन ।

हाउन्डसको जितमा विजय बुर्जा एक्लैले सर्वाधिक ३४ अंक जाेडे । कीर्तिपुरका निश्चल महर्जनले २३ स्कोरकाे याेगदान गरेका थिए ।

चौथो जितसँगै हाउन्ड्स  पाँच खेलबाट ९ अंकसहित शीर्ष स्थानमै छ । तेस्रो हार बेहोरेको कीर्तिपुर समान खेलबाट सात अंकका साथ तेस्रो स्थानमा छ ।

यस्तै दोस्रो खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ८४-६९ ले हरायो ।

पहिलो क्वार्टरमा सामुखशीले १८-१३ को अग्रता लिएको थियो । दोस्रो तथा तेस्रो क्वार्टरमा टाइम्सले क्रमशः २७-२१, २६-१२ ले आफ्नो पक्षमा पार्यो ।

चौथो तथा अन्तिम क्वार्टरमा १८-१७ ले अगाडि रहे पनि सामाखुशीले टाइम्सलाई जितबाट रोक्न सकेन ।

टाइम्सका मनिष केसी तथा माखुशीका विक्रम डंगोलले समान २० स्कोरकाे याेगदान गरेका थिए ।

तेस्रो जित हात पारेको टाइम्स आठ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । सामाखुशीको यो लगातार पाँचौ हार हो । पराजित भए पनि एक अंक प्राप्त हुने हुँदा सामाखुशी पाँच अंकसहित  पुछारमा छ ।


भिडियो
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas