फाल्गुन २५, २०८२ सोमबार | ११:३४:१८
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित

काठमाडौं । भारत र श्रीलंकामा जारी ट्वान्टी-२० विश्वकपअन्तर्गतको आफ्नो दोस्रो खेलमा बिहीबार नेपालको प्रदर्शन अपेक्षा गरिएभन्दा विपरित निक्कै कमजोर रहयो । आइतबार पहिलो खेलमा इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गरेको नेपाल बिहीबार ब्याटिङ, बलिङ र फिल्डिङ सबै पक्षमा कमजोर साबित हुँदा इटालीसँग १० विकेटले नियाश भयो ।

इटालीका लागि भने बिहीबारको दिन ऐतिहासिक रहयो । पहिलो पटक विश्वकप खेलिरहेको इटालीले पहिलो सहभागिताकै दोस्रो खेलमा बलियो मानिएको नेपालमाथि जित निकालेको हो ।

इटालीले नेपालबाट पाएको १२४ रनको सामान्य लक्ष्य १२.४ ओभरमा विनौ विकेट क्षति पूरा गर्यो । इटालीको ऐतिहासिक जितमा ओपनरद्वय जस्टिन मस्का र एन्थोनी मस्काले अर्धशतकीय इनिङ खेले । मस्का दाजुभाइले पहिलो विकेटका लागि १२४ रनको अविजित साझेदारी गरे ।  

एन्थोनीले ३२ बलमा ३ चौका र ६ छक्काको सहयोगमा अविजित रहेर ६२ रन बनाए । जस्टिनले ४४ बलमा ५ चौका र ३ छक्का सहित अविजित ६० रनको योगदान गरे । नेपालले ६ बलर प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन ।

त्यसअघि मुम्बईको वाङ्खडे क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको प्रदर्शन अकल्पनीय कमजोर रहेपछि टोली १९.३ ओभरमा १२३ रनमा सीमित भएको थियो । नेपालका लागि आरिफ शेखले २४ बलमा बनाएको २७ रन इनिङ्कै उच्च स्कोर थियो ।

कप्तान रोहितकुमार पौडेल २३, आसिफ शेख २० तथा दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए । इटालीका लागि क्रिसन कलुगामनले ३ तथा बेन मेनन्तीले २ विकेट लिए ।

पहिलो जितका साथ इटाली २ अंक लिएर समूह सी को तेस्रो स्थानमा उक्लिएको छ । लगातार दुई खेलमा पराजित नेपाल अंकबिहिन भएर समूहको पुछारमा छ । यो हारसँगै नेपालको सुपर आठ पुग्ने सम्भावना कठिन बनेको छ । जितसँगै इटालीको सुपर आठमा पुग्ने सम्भावना भने बलियो बनेको छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||