फाल्गुन १, २०८२ शुक्रबार | ०२:४५:५०
एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान

हाउन्ड्सको छैटौं तथा सामाखुशीको पहिलो जित

रोयलविरुद्धको खेलमा 'प्लेयर अफ द म्याच' घोषित सामाखुशीका प्रज्वल महर्जनलाई पुरस्कार प्रदान गरिदै ।

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेसबएल) मा हाउन्ड्स एकेडेमीले छैटौं तथा सामुखशी युथ क्बलले पहिलो जित दर्ता गरेका छन् ।

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउन्ड्सले कीर्तिपुरमाथि ८८-८३ को रोमाञ्चक जित हात पार्यो ।

पहिलो क्वार्टरमा कीर्तिपुरले २४-२३ ले अग्रता लिएको थियो । तर हाउन्ड्सले पुनरागमन गर्दै त्यसपछिका दुई क्वार्टर २४-२, २४-१८ ले आफ्नो पक्षमा पार्यो ।

चौथो तथा अन्तिम क्वार्टरमा २१-१७ ले विजयी भए पनि कीर्तिपुरले हार टार्न भने सकेन ।

हाउन्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २२ अंक जोडे । कीर्तिपुरका लागि निश्चल महर्जनले २८ स्कोर गरे ।

जितपछि सात खेलमा १३ अंक जोडेर हाउन्ड्स शीर्ष स्थानमै छ । कीर्तिपुर समान खेलबाट ९ अंकका साथ पाँचौ स्थानमा छ ।

मंगलबारै भएको अर्को खेलमा सामाखुशीले रोयललाई ८७-८० ले पराजित गर्यो ।

पहिलो क्वार्टरमा दुवै टोलीले समान १८ अंक जोडेका थिए । दोस्रो क्वार्टर रोयलले २५-२३ ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ४३-४१ को अग्रता बनायो ।

तर त्यसपछि सामाखुशीले उत्कृष्ट पुनरागमन गर्दै खेल जित्यो । टोलीले त्यसपछिका दुई क्वार्टर २०-१४, २७-२३ ले आफ्नो पक्षमा पारेको थियो ।

सामाखुशीको जितमा प्रज्वल महर्जन २३ अंकको योगदान गरे । रोयलका लागि प्रसङध्वज मास्केले सर्वाधिक २६ अंक जोडे ।

पहिलो जितसँगै सात खेलबाट आठ अंक जोडेको सामुखशी अन्तिम स्थानमै छ । पाँचौ हार बेहोरेको रोयल समान खेलबाट ९ अंकका साथ चौथो स्थानमा छ ।


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026