मंसिर २७, २०८२ शनिबार | ०३:४२:५८
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

टाइम्स र रोयल विजयी

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा मंगलबार टाइम्स बास्केटबल क्लब र रोयलले जित निकालेका छन्  ।

कीर्तिपुर कभर्डहलमा भएको दिनको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गर्यो ।

जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स फाइनल पुग्ने होडमा कायम छ । एक खेल कम खेलेका गोल्डेनगेट र हाउन्डस एकेडेमीको पनि १५ अंक नै छ ।

टाइम्सले पहिलो क्वार्टर २०-१५ र दोस्रो क्वार्टर २८-२४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४८-३९ को अग्रता बनाएको थियो ।

तेस्रो क्वाटर पनि टाइम्सले २३-२१ ले आफ्नो पक्षमा पार्यो । चौथो क्वाटर २५-१३ ले सहजै आफ्नो पक्षमा पार्दै टाइम्सले फराकिलो जित निकाल्यो । ।

टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक ३३ स्कोर गरे । सामाखुशीका प्रज्वल महर्जनले २१ अंक जोडे ।

अब  टाइम्सले लिगको अन्तिम खेलमा हाउन्ड्सको सामना गर्नेछ ।

यस्तै दोस्रो खेलमा रोयलले कीर्तिपुरलाई ९९-९६ ले पराजित गर्यो । पहिलो क्वार्टरमा कीर्तिपुरले २६-२५ को अग्रता बनाएको थियो । तर रोयलले दोस्रो क्वार्टरमा २८-२१ ले अगाडि रहँदै हाफटाइममा ५३-४७ को अग्रता बनायो ।

तेस्रो क्वार्टर रोयलले २०-१७ ले आफ्नो पक्षमा पार्यो । चौथो तथा क्वार्टरमा कीर्तिपुर ३२-२६ ले विजयी भए पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । ९६-९६ स्कोर हुँदा रोयलका सुजन महर्जनले थ्री प्वाइन्ट स्कोर गर्दै खेल जिताए ।

रोयलका लागि प्रसाङध्वज मास्केले ३१ अंकको योगदान गरे । कीर्तिपुरका लागि निश्चल महर्जनले ३३ अंक जोडे ।

तेस्रो जितपछि ९ खेलबाट १२ अंक जोडेको रोयल चौथो स्थानमा उक्लिएको छ ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II