कार्तिक ११, २०८२ मंगलबार | २०:२४:५०
युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित सावित्रा, अञ्जिला र प्रीतिले भारतसँगको खेल गुमाउने काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान ड्यानी कार्भहालको घुँडाको शल्क्रिया हुने केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने युभेन्टसका प्रशिक्षक इगोर ट्युडर बर्खास्त एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित सावित्रा, अञ्जिला र प्रीतिले भारतसँगको खेल गुमाउने काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान ड्यानी कार्भहालको घुँडाको शल्क्रिया हुने केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने युभेन्टसका प्रशिक्षक इगोर ट्युडर बर्खास्त एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी

टाइम्स र रोयल विजयी

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा मंगलबार टाइम्स बास्केटबल क्लब र रोयलले जित निकालेका छन्  ।

कीर्तिपुर कभर्डहलमा भएको दिनको खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गर्यो ।

जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स फाइनल पुग्ने होडमा कायम छ । एक खेल कम खेलेका गोल्डेनगेट र हाउन्डस एकेडेमीको पनि १५ अंक नै छ ।

टाइम्सले पहिलो क्वार्टर २०-१५ र दोस्रो क्वार्टर २८-२४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४८-३९ को अग्रता बनाएको थियो ।

तेस्रो क्वाटर पनि टाइम्सले २३-२१ ले आफ्नो पक्षमा पार्यो । चौथो क्वाटर २५-१३ ले सहजै आफ्नो पक्षमा पार्दै टाइम्सले फराकिलो जित निकाल्यो । ।

टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक ३३ स्कोर गरे । सामाखुशीका प्रज्वल महर्जनले २१ अंक जोडे ।

अब  टाइम्सले लिगको अन्तिम खेलमा हाउन्ड्सको सामना गर्नेछ ।

यस्तै दोस्रो खेलमा रोयलले कीर्तिपुरलाई ९९-९६ ले पराजित गर्यो । पहिलो क्वार्टरमा कीर्तिपुरले २६-२५ को अग्रता बनाएको थियो । तर रोयलले दोस्रो क्वार्टरमा २८-२१ ले अगाडि रहँदै हाफटाइममा ५३-४७ को अग्रता बनायो ।

तेस्रो क्वार्टर रोयलले २०-१७ ले आफ्नो पक्षमा पार्यो । चौथो तथा क्वार्टरमा कीर्तिपुर ३२-२६ ले विजयी भए पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । ९६-९६ स्कोर हुँदा रोयलका सुजन महर्जनले थ्री प्वाइन्ट स्कोर गर्दै खेल जिताए ।

रोयलका लागि प्रसाङध्वज मास्केले ३१ अंकको योगदान गरे । कीर्तिपुरका लागि निश्चल महर्जनले ३३ अंक जोडे ।

तेस्रो जितपछि ९ खेलबाट १२ अंक जोडेको रोयल चौथो स्थानमा उक्लिएको छ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain