बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता

आयोजक मदन भण्डारी च्याम्पियन

काठमाडौं । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मदन भण्डारीे शनिबार सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, दुई रजत र पाँच कास्यसाथ टिम च्याम्पियन बनेको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा पाँच स्वर्ण, चार रजत र सात  कास्यका साथ मनमैजु दोश्रो भयो । तेश्रो स्थान हासिल गरेको बालाजुले चार स्वर्ण, पाँच रजत र तीन  कास्य जित्यो  । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुर प्राप्त गरे ।

प्रतियोगिताको पुरुषमा जैशीदेवलका समिर तामाङ तथा महिलामा मनमैजुकी स्मारिका तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सुरेन्द्र खड्गी उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट खेलाडीले जनही पाँच हजार तथा प्रशिक्षकले तीन रुपैयाँ पाए ।
 

दुई दिने प्रतियोगितामा विभिन्न २३ स्पर्धामा करिब तीन सय खेलाडी सहभागी थिए ।