साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिपको ‘ड्र’ बुधबार

तस्बिरः दक्षिण एसियाली फुटबल महासंघ (साफ)

काठमाडौं । भारतमा हुने साफ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिताकाे ‘ड्र’ आगामी बुधबार हुने भएकाे छ । 

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्रतियोगिताको ‘ड्र’ आगामी बुधबार दिल्लीमा हुने जानकारी दिएको हो । कार्यक्रम नेपाली समयअनुसार दिउँसो १२ः ४५ मा सुरु हुनेछ ।

भारतले जुन २१ देखि जुलाई ३ सम्म साफ च्याम्पियनसिपको १४औं संस्करण आयोजना गर्दैछ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा दक्षिण एसियाका भारत, नेपाल, भुटान, माल्दिभ्सबंगलादेश र पाकिस्तानको सहभागिता रहँदा फिफाको प्रतिबन्धका कारण श्रीलंकाले च्याम्पियनसीप गुमाउने छ । यसैगरी कुवेत र लेवनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउने छन् ।