सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा मछिन्द्रलाई अग्रता

फाइल फोटो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साबिक विजेता मछिन्द्र क्लबले संकटाक्लबविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको चौथो मिनेटमै देवेन्द्र तामाङले मछिन्द्रलाई अग्रता दिलाए । देवेन्द्रले युटा सुजुकीको कर्नमा पुजन उपरकोटीको प्रहार संकटाका गोलकिपर टिकेन्द्र थापालले बचाउने प्रयास गर्दा प्राप्त रिबाउन्डलाई पोस्टको दिशा दिएका थिए ।

मछिन्द्र १३ खेलमा ४ जित, ६ बराबरी र ३ हारको नतिजासहित १८ अंक जोडेर आठौं स्थानमा छ । संकटा समान खेलबाट ४ जित, ४ बराबरी र ५ हारको नजितासहित १६ अंकका साथ १०औं स्थानमा छ ।