इटालियन सिरी ए

फोर्थ अफिसियलविरुद्ध कानुनी लडाई लड्ने माउरिन्होको चेतावनी

मिलान । इटालियन सिरी ए को क्लब एसएस रोमाका प्रशिक्षक जोजे माउरिन्होले फोर्थ अफिसियल मार्को सेराविरुद्ध कानुनी लडाई लड्ने चेतावनी दिएका छन ।

मंगलबार सिरी ए मा रोमा क्रिमोन्सेसँग २–१ ले पराजित भएको थियो । सो खेलमा माउरिन्हो रातो कार्डका दर्शन गर्दै त्यहाँबाट बाहिरिन बाध्य भएका थिए । यस हारसँगै रोमाले दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको थियो ।
पहिलो हाफमा १–० ले पछि परेसँगै माउरिन्हो सेरासँग विवादमा उत्रिएका थिए । सो घटना लगत्तै रेफ्री मार्को पिचेनीले माउरिन्होलाई रातो कार्डको दर्शन गराएका थिए । यस सिजन माउरिन्हो

रेफ्रीसँगको विवादका कारण रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएको यो पहिलो घटना भने होइन । 

‘मेरो गल्तीविना पनि मलाई रातो कार्डको दर्शन गराइयो,’ माउरिन्होले भने, ‘म उनीविरुद्ध कानुनी लडाई लड्छु । उनले ममाथि अभद्र व्यहार गरेका छन ।’