चैत्र ६, २०८२ शुक्रबार | ०७:३२:१८
४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित

समयमा लिग नभए क्षतिपूर्ति चाहिन्छः ‘बी’ डिभिजन क्लब, एन्फालाई भने बैठक चलाउनै हम्मे

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगका १३ क्लबले तोकिएको चैत १५ को मितिमा लिग सुरु नगरे क्षतिपूर्ति दिनुपर्ने भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङको ध्यानाकर्षण गराएका छन् ।

लिग सुरु हुनुभन्दा ४५ दिन अगाडि माघ २९ सम्ममा एन्फाले ‘बी’ डिभिजनका क्लबहरुलाई तयारी खर्चवापत दिनुपर्ने १४ लाख ५० हजारमध्ये पहिलो किस्ताको आठ लाख ७० हजार रुपैयाँ निकासा गर्ने क्लब र एन्फाबीच सम्झौता भए पनि अहिलेसम्म उक्त रकम नपाएको क्लबहरुले गम्भीर चासो व्यक्त गरेका छन् ।

मंगलबार बसेको ‘बी’ डिभिजनका १४ मध्ये १३ क्लबको बैठकले तत्काल तयारी खर्च पाउनुपर्ने, तोकिएको मितिमा लिग सुरु हुने सुनिश्चितता गर्नुपर्ने र तोकिएको मितिमा लिग सुरु नभए क्षतिपूर्ति दिनुपर्ने माग एन्फासमक्ष राख्ने निर्णय गरेको क्लबहरुको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

मंगलबारको बैठकमा १३ क्लबका पदाधिकारीले सर्वसम्मत निर्णय गरेको बताइएको छ । बैठकमा ‘बी’ डिभिजनका ब्रिगेड ब्वाइज, मध्यपुर युथ, नयाँ बस्ती युथ, बाँसबारी, कुमारी, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, श्री टुसाल युथ, ब्वाइज युनियन, आरसिटी, श्री भगवती, च्यासल युथ र झापा फुटबल क्लबको उपस्थिती थियो । एन्फा उपाध्ययक्ष दावा लामाको क्लब प्लानिङ ब्वाइज क्लबले भने ‘बी’ डिभिजनका अन्य क्लबको अभियानमा ऐक्यबद्धता जनाएको छैन ।

चैत १५ बाट हुने भनिएको ‘बी’ डिभिजन लिगका सम्बन्धमा क्लबहरुले सम्झौताअनुसार माघ २९ गते तयारी खर्चवापतको पहिलो किस्ता नपाएपछि एन्फा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । तर त्यसमा एन्फाले सुनुवाई नगरेको भन्दै तत्काल सुनुवाईको माग राखेका छन् ।

लिगका लागि सबै क्लबले खेलाडी सम्झौता गरि तिब्र तयारी गर्ने क्रममा मैत्रीपूर्ण खेलहरु खेल्दै आएको जनाउँदै क्लबहरुको संयुक्त विज्ञप्तिमा एन्फाले भने अझै तोकिएको मितिमा लिग हुने सुनिश्चितता दिन नसकेको कारण सोही मितिमा लिग गर्ने निर्णय गर्न एन्फा कार्यसमितिका सबै सदस्यसमक्ष माग राख्ने निर्णय गरेको जनाइएको छ ।

एन्फा र क्लबबीचको सम्झौताअनुसार चैत १५ मा लिग सुरु हुनुभन्दा ४५ दिनअघि क्लब दर्ता गर्ने र त्योभन्दा अघि नै क्लबलाई दिने तयारी रकम १४ लाख ५० हजारको पहिलो किस्ता ८ लाख ७० हजार दिने निर्णय भए पनि अहिलेसम्म नदिएको, क्लबले ध्यानाकर्षण पत्र बुझाउँदा पनि बेवास्था गरेको, तथापि क्लबले तिब्र तयारी गरिरहेको अवस्थामा समयमा लिग नभए सबै क्लबलाई क्षतिपूर्ति दिनुपर्ने माग ‘बी’ डिभिजनका क्लबहरुले गरेका छन् ।

एन्फाले भने आजका लागि बोलाइएको कार्यसमिति बैठकसमेत सञ्चालन गर्न सकिरहेको छैन । महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्गतीसहित विभिन्न पाँच एजेन्डा थप गर्नुपर्ने माग राख्दै तीन उपाध्यक्षसहित २१ सदस्यीय कार्यसमितिका तीन उपाध्यक्षसहित १२ जनाले पत्र बुझाएपछि एन्फाको आन्तरिक किचलो छताछुल्ल भएको थियो ।

तीन उपाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडा तथा कार्यसमिति सदस्यहरु रुपेश अधिकारी, महेन्द्र क्षेत्री, रविन्द्रबहादुर चन्द, भोजराज शाही, भरत बुढ थापा, राम जोशी, सरला श्रेष्ठ, रमेश ब्यन्जनकार, पेमा लामाले शुक्रबार एन्फा अध्यक्षलाई पत्र लेख्दै एजेन्डा थपको माग गरेका थिए ।

एन्फा सचिवालयले अघिल्लो बुधबार विभिन्न १९ एजेन्डामा छलफल गर्न भन्दै कार्यसमितिको बैठक बोलाएको थियो । तर बहुमत सदस्यले थप पेचिला एजेन्डा थपको माग राखेका कारण एन्फा बैठक अझैसम्म सुरु हुन सकेको छैन ।

बहुमत सदस्यहरुले एजेन्डा थप नगरि बैठक सञ्चालन हुन नसक्ने अडान राख्दै आएका छन् भने नेतृत्व भने आफूसँग बहुमत भएको भन्दै एकतर्फी रुपमा निर्णय प्रक्रियामा जाने प्रयासमा रहेको एन्फाबाट खेलाडी संवाददाताले जानकारी गराएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो